को–को छन् सरकार फेर्नुपर्छ भन्ने कांग्रेस नेता ?

congresकाठमाडौं–माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल लिने निर्णय गरेलगत्तै अर्को बहुमतीय सरकार गठनको जोडघटाउ सुरु भएको छ । ठूला दलमध्ये कांग्रेसले एमाले, एमालेले कांग्रेसको नेतृत्व स्विकार्ने स्थिति तत्काल नदेखिएकाले नेताहरू अर्को बहुमतीय सरकारकै जोडघटाउमा लागेका हुन् ।

प्रचण्डले फेरि सरकारका विषयमा पार्टीबाट निर्णय गराए पनि ‘मौसमअनुसार बोल्ने’ उनको बानीका कारण भर पर्न देउवालाई गाह्रो परेको स्रोत बताउँछ । सरकार फेरिहाल्नुपर्छ भनेर देउवासँग प्रत्यक्ष संवादमा लाग्नेमा डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, डा. प्रकाशरण महत अगाडि छन् ।

गत २३ वैशाखमा सरकार फेरिनै लाग्दा माओवादीले आफूसाग गर्न लागेको सातबुँदेबाट पछि हट्दै एमालेसँग नौबुँदे सहमति गरेपछि कांग्रेस झस्कन पुगेको थियो । त्यसैले अहिले सरकार परिवर्तन हुने विश्वासिलो आधार कांग्रेसले खोजेको छ ।