काबुलमा मारिएकालाई उचित क्षतिपूर्ति दिन एमालेको माग

uml-press-meet-1काठमाडौँ- नेकपा (एमाले)ले केही दिनअघि अफगानिस्तानको काबुलमा आतकङ्कारी आक्रमणमा परी निधन र घाइते भएकालाई उचित राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले आप्रवासी नेपाली र विदेशमा काम गर्ने नेपालीको जीवन रक्षा, उनीहरुको पेसागत सुरक्षाका लागि उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

काबुलमा भएको आतङ्ककारी हमलामा १३ जना नेपालीसहितका विभिन्न देशका नागरिकको निर्ममतापूर्वक हत्या गरिएको घटनाको घोर निन्दा र भत्र्सना गर्दै बैठकले उक्त घटनामा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।