एअर एसियाको जहाज समुन्द्रमा खसे लगत्तै विष्पोट भएको निर्ष्कष

ब्लाक बक्सको अध्ययनपछि इन्डोनेसियाका अधिकारीहरुले एअर एसियाको जहाज समुन्द्रमा खसे लगत्तै विष्पोट भएको निर्ष्कष निकालेका छन्। अनुसन्धानमा संलग्न राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका निर्देशक एसबी सुप्रियादीले संवाददाताहरुलाई भने– ‘ब्लाकबक्समा रहेको डाटा रेकर्डका अनुसार विमान समुन्द्रमा खसे लगत्तै विष्पोट भएको देखिन्छ।’
उद्धारकर्ताले विमानका दुवै ब्ल्याक बक्स समुन्द्रमा फेला पारेका छन्। ब्ल्याक बक्सलाई बाहिर ल्याएर घटनाको थप अनुसन्धान जारी छ।
१ सय ६२ यात्रु बोकेर डिसेम्बर २८ मा इण्डोनेसिया सुरावायाबाट सिंगापुरका लागि उडेको एअर एसियाको विमान दुर्घटनामा परेको थियो।

२८ पुस काठमाडौं । सरकारले कृषि बीमाको प्रिमियममा (बीमा शुल्क) मा ७५ प्रतिशत अनुदानको घोषणा गरेपनि बीमा कम्पनीहरु कृषि बीमामा आकषिर्त हुन सकेका छैनन् ।

बाली बीमाका लागि आवश्यक मापदण्ड तयार भइनसकेकाले बीमा कम्पनीहरु आकषिर्त हुन नसकेको हुन ।

नियामक बीमा समितिका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा चारवटा बीमा कम्पनीले मात्रै बाली बीमा गरेका छन । समितिका अनुसार युनाइडेट, सगरमाथा, एलाइन्स र सिद्धार्थ इन्स्योरेन्सले मात्रै बाली बीमा गरेका हुन ।

यसअघि एनएलजी इन्स्योरेन्सलगायतले बाली बीमा गरे पनि असोज मसान्तमा भने बाली बीमा गरेका छैनन । हाल नेपालमा १७ वटा निर्जीबन बीमा कम्पनी सञ्चालनमा छन ।

प्राविधिक समस्याका कारण बीमा कम्पनीहरु कृषि तथा बाली बीमामा आकषिर्त हुन नसकेको बीमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय शाहले अनलाइनखबरलाई बताए ।

‘कुन ठाउँको उत्पादनकत्व कति हो भन्ने मापदन्ड नै छैन’ उनले प्रश्न गरे- यस्तो अवस्थामा बीमा कम्पनीले कसरी बालीको बीमा गर्ने ?

कृषि बीमा गर्न बीमा समितिले निर्देशन दिएपनि कसरी गर्ने भन्ने मापदण्ड बनाउन नसकेको समितिका निर्देशक श्रीमन कार्कीले बताए । भ्यालुएस (उत्पादकत्व मुल्यांकन) गर्न कठिन भएकाले बाली बीमा गर्न बीमा कम्पनीहरु आकषिर्त नभएको उनले जानकारी दिए ।

– See more at: http://www.onlinekhabar.com/2015/01/228399/#sthash.AVORrv9i.dpuf