काठमाडौं – आज नयाँ शक्ति नेपालको पार्टी स्थापना सभा आयोजना हुँदैछ ।
नयाँ शक्ति नेपालले आइतबार प्रकाशित भएका लगभग सबै राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा पूर्ण आकारको विज्ञापन छापेको छ ।
रातो पृष्ठ भूमिमा सेतो तारासहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको तस्विर विज्ञापनमा राखिएको छ ।
आइतबार दिउँसो १२ बजेदेखि काठमाडौंको दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गरिँदैछ ।
देशभरबाट १ लाख नयाँ शक्ति अभियानता कार्यक्रममा सहभागी हुने अनुमान गरिएको छ ।






