डोटी- डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।
डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । शुक्रबार राति ८:३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको र भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए ।
एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुर्याउन नपाउँदै साँउदको मृत्यु भएको छ ।






