काठमाडौं– प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न संभव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल थालेको छ ।
सरकारले आगामी मंसीरमा चुनाव गर्ने घोषणा गरीरहेका बेला प्रतिपक्ष कांग्रेसले यस बिषयमा पार्टीको दृष्टिकोण ल्याउन आन्तरिक छलफलमा जुटेको हो ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार भएको छलफलमा अधिकांश कांग्रेस नेताहरुको मत स्थानीय निकायको पुर्नसंरचनापछि निर्वाचन गराउन उपयुक्त हुने थियो ।






