बाबुराम भुषाल
पोर्चुगल- पोर्चुगलको लिस्वोनमा रहेर ब्यवसाय गर्दै आएका एक नेपाली पोर्चुगलको प्रतिष्ठित अवार्ड जित्न सफल भएका छन् । बागलुङ जिल्लाको दमेकमा जन्मिएका ब्यवसायी टंकनाथ सापकोटाले थुप्रै प्रतिस्पर्धिहरुलाइ पछि पार्दै प्रेमिओ आरेस्प २०१६ अवार्ड जित्न सफल भएका हुन । बुधबार साँझ लिस्वोन स्थित एक हलमा विशेष कार्यक्रम सहित पोर्चुगलका उच्च अधिकारीहरुको विचमा उक्त अवार्ड प्रदान गरिएको थियो ।
प्रेमिओ आरेस्प पोर्चुगलमा पर्यटन, खाद्यान्न, उत्पादन लगायतका विभिन्न विधामा उत्कृष्ठ योगदान दिए बापत प्रदान गरिने एक प्रतिष्ठित अवार्ड हो । पोर्चुगलमा रहेर सृजनशील ब्यवसायमा विशेष योगदान दिएका कारण उनले यो अवार्डका लागि भोटिङ प्रकृयामा छनौटमा परेका थिए ।
पोर्चुगलको होटल, खाद्दान्न तथा पर्यटन सम्बन्धि सरोकार राख्दै आएको संगठन एएसआरईएसपीले आयोजना गरेको उक्त अवार्डमा पोर्चुगलबाट सात जना सृजनशील व्यवसायीमध्ये सापकोटा एक मात्र विदेशी नागरिक हुन् । पोर्चुगलमा रहेर सापकोटाले पोर्चुगिस नागरिकहरु सँग प्रतिस्पर्धा गर्दै विजयी हुनुमा नेपाल र नेपालीको प्रतिष्ठालाइ समेत उचो राख्ने काम गरेका छन् ।
खाद्यान्न तथा पर्यटन विशेषज्ञहरुको टोलीले पहिलो चरणमा पोर्चुगल रहदै आएका नयाँ सृजनशील ७ जना व्यवसायीहरुलाई छनौट गरेको हो यसरी छनौटमा परेका सृजनशील ब्यवसायीबाट अनलाइन भोटिङद्वारा प्रथम हुने एक जनालाई उक्त अवार्ड प्रदान गरिन्छ । १९ बर्षदेखि पोर्चुगलमा रहँदै आएका सापकोटा एक सफल व्यवसायीको रुपमा चिनिन्छन् । खानामा दुर्लभ सामाग्रीको प्रयोग र बनाउने नयाँ शैली नै उनको विशेषता हो । उनले गरेका ब्यवसाय नयाँ प्रविधिद्वारा सञ्चालन भएको र खाना सम्वन्धी खोज र बनाउने नयाँ शैली भएका कारण उक्त अवार्डमा उनी छनौटमा परेका हुन् ।






