लण्डन । शिब भण्डारी
२९३ औं पृथ्वी जयन्ती एक कार्यक्रमका साथमा ग्रीनफोर्ड लण्डन मा धुमधाम ले मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतले आइतबार आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधिसंगै सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुले देशमा विखण्डनको जोखिम बढेको वर्तमान परिस्थितिमा राष्ट्र निर्माता पृथ्वीनाराण शाहको अनुसरण बढि सान्दर्भिक भएको धारणा राखे । संगठनका अध्यक्ष भरत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी बुद्धिजिवी डा. राघवप्रसाद धिताल (ओविइ) ले संघीयताको नाममा देश टुक्रिने खतरा बढिरहंदा राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक बनेको बताए । एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले राष्ट्रिय एकताका नायकलाई राजनीतिक विवादमा मुछ्न नहुने धारणा व्यक्त गरे । राष्ट्रवादी संगठनका अध्यक्ष क्षेत्रीले नेपालको नयां बन्ने संविधानमा पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा समावेस गर्न माग गरे । कार्यक्रममा कांग्रेसका विज्ञान प्रसाईं, राप्रपा नेपालका रोशन सापकोटा, व्यवसायी तथा समाजसेवी ध्रुव केसी, नेपाली साहित्य विकास परिषद, बेलायतका सुरेशजंग शाह, हार्ट फाउण्डेसन यूकेका विकलचन्द्र आचार्य लगायतले जात, धर्म र क्षेत्रका नाममा देश विभाजन भइरहेको अहिलेको सन्दर्भमा पृथ्वीनारायण शाहको एकताको सन्देश मनन गर्न आवश्यक रहेको बताए । त्यस अवसरमा वसन्त शाह, एभरेष्ट गौतम, उमेश मोक्तान, बाचस्पति रेग्मी लगायतका एक दर्जन वक्ताले पनि पृथ्वीनारायणलाई आधुनिक राष्ट्र निर्माताका रुपमा राज्यबाट पनि सम्मानको खांचो रहेको औंल्याए । कार्यक्रममा सहभागीहरुले पृथ्वी नारायणको तस्विरमा माल्यापर्ण गरेका थिए । कार्यक्रमको सञ्चालन नारायण अधिकारीले गरेका थिए । संगठनले पृथ्वी जयन्तीको अवसरमा सन् २०१० देखि हरेक वर्ष लण्डनमा कार्यक्रम गर्दै आएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्षको कार्यक्रममा बेलायतबासी नेपालीको सहभागिता र चासो निकै बढेको थियो भने रेडियो राइनो को टिम बाट प्रतक्ष्य प्र् सारन मा, पत्रकार रंजित बस्नेत रूपेस सिलवाल मिलन शर्मा थिए । कान्तिपुर बेलायत सम्म्बादता नबिन पोखरेल , नेपालीपत्र बाट रमा लामिछाने लण्डन नेपाल नूज डट कम बाट शिब भण्डारी युरोपको नेपाली टी भी बाट एभरेष्ट गौतम समेतको उपस्थति रहेको थियो,!






