- गंगा बराल
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष बन्ने चाहना १६ वर्षपछिमात्र पूरा भएको छ । २०५० सालमा तत्कालीन महासचिव मदन भण्डारीको अचानक निधन भएपछि नै स्थायी सदस्यमात्र रहेका ओलीले अध्यक्ष हुने चाहना राखेका थिए ।
ओलीले त्यतिबेला नै कार्यवाहक बन्ने चाहना राखेका थिए तर आफूलाई समर्थन गर्ने भरपर्दो मान्छे नभएका कारण उनी पछि हटे र माधवकुमार नेपाललाई सहयोग गर्न पुगे । २०५४ सालसम्म माधवले कार्यवाहक अध्यक्ष चलाए । त्यतिबेला नै बामदेव गौतम, चन्द्रप्रकाश -सीपी) मैनाली, राधाकृष्ण मैनालीले नेकपा (माले) खोलेपछि पनि ओली कमजोर हुँदै गए । उनीहरुलाई मदन भण्डारीको जनताको बहुदलीय जनबाद (जवज) विरोधी धारको रुपमा चिनिन्थ्यो । माधवले ओलीलाई २०६४ सालसम्म सहयोग गर्दै आए । माले बनाउन झलनाथ खनालकै प्रमुख भूमिका रहेको थियो । खनालले आफ्नो घरबाट मालेका नेतालाई त्यहाँसम्म पुर्याएर आफूँचाँहि फर्किएका थिए । पार्टीको यसअघिको महाधिवेशनमा नेपालले अध्यक्षभन्दा पनि राष्ट्रपति बन्ने चाहना राखेका थिए । उनी काठमाडौं-२ र रौतहट-१ बाट पराजित भए । राष्ट्रपति बन्नका लागि सभासद भइरहनुपर्दैन । एमाओवादीसँग मिलेर राष्ट्रपति बन्ने सोचेका नेपालले एमाओवादीको तारिफ गर्न खनाललाई पनि सिकाए । राष्ट्रपति नभएपछि गिरीजाप्रसाद कोइरालासँग मिलेर एमाओवादीको विरोध गर्नतिर लागे नेपाल । प्रधानमन्त्री र पार्टी प्रमुखसमेत भइसकेका खनालले राष्ट्रपति सोच्नु पनि अस्वभाविक थिएन किनभने उनले त्योभन्दा अगाडि नै त्यसको लागि वातावरण बनाइसकेका थिए ।
पछिलो अधिवेशन हुनुअघि केही समय झलनाथ केपीको कठपुतलीजस्तै बने । संविधानसभाको पहिलो निर्वाचनमा तेश्रो पार्टी भएर पनि सरकार बनाउन सफल माधव २२ महिना प्रधानमन्त्री बने । प्रचण्डजस्तो नेतालाई चिँढ्याएर प्रधानमन्त्री हुन सफल नेपाललाई पार्टीभित्र केहीले चरम अवसरवादीको संज्ञा दिने गरेका छन् । ‘ त्याग भन्ने कुरा उनको जीवनमा छैन, सधैं लिनमात्र खोज्छन् दिने बानी छैन’ एक विश्लेषकले भने ‘ पार्टीमा कोही पद पाएपनि काम गर्दैनन्, कोही पद नपाए पनि काम गरेर त्यहींभित्रबाट अवसर खोजिरहन्छन् । ‘ २०६५ देखि २०७० सम्म ओली पार्टीको प्रमुख भूमिकामा नभए पनि पार्टीको रक्षा गर्न र नीति कार्यक्रम जनतामाझ पुर्याउन लागिरहे । संविधानसभाको पहिलो निर्वाचनमा ओलीले झापा -७ बाट निर्वाचन हारेका थिए । यतिबेला नै ओलीले झलनाथ खनालसँग अध्यक्षमा पनि हारेका थिए । मदन २०३५ सालदेखि २०४१ सम्म केन्द्रीय सदस्य र २०४६ सालसम्म पोलिटव्यूरो सदस्य बने । २०३७ देखि दुई वर्षसम्म पार्टी प्रमुख भएका उनी २०६५ सालदेखि पाँच वर्षसम्म अध्यक्ष भए ।
सरकार बलियो हुँदाहुँदै पनि बुबाको कुरा सुनेर माधवले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । यतिबेला उनले पार्टीलाई समेत मतलब गरेनन् । माधवले भोलिको दिनमा फेरि प्रधानमन्त्री बन्न पाइन्छ भन्ने सोचेका थिए । त्यसपछि एमाओवादीको कोटाबाट खनाल प्रधानमन्त्री भए । उनले एमाओवादीका कृष्णबहादुर महरालाई गृहमन्त्री बनाए । खनालको तन एमाले भएपनि मन एमाओवादी भएको भनिन्थ्यो । २०३२ सालमा को-अर्डिनेसन केन्द्र स्थापना भएपछि सीपीले सात वर्ष पार्टी चलाए । पार्टीको अन्तिम महाधिवेशनमा ओलीको विरुद्धमा नेपाल र खनाल एकजुट भए, ओलीसँग नेपालले अध्यक्षमा प्रतिस्पर्धा गरे भने खनाल अन्तिम समयसम्म पनि प्रष्ट रुपमा खुलेनन् । ओलीले जतिसुकै कडा र चर्का कुरा गरेपनि मन भनें त्यति अनुदार नभएको उनलाई बुझ्नेहरु बताउँछन् ।
ओलीसँग सधैं द्धन्द्धमात्र गर्दै आएका नेकपा मालेका महासचिव सिपी मैनालीलाई उनले उप-प्रधानमन्त्री बनाएर राम्रो योगदान गरेका छन् । माले फुटाएपछि होस् वा हिजो नेतृत्वको विषयमा नै ओली र मैनालीबीच द्धन्द्ध हुँदै आएको थियो । चैत्रमा परेको नेपालको जन्मदिन पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाइयो । यतिबेला एमालेको पोलिटव्यूरो बैठक बसिरहेको थियो , राजनीतिका प्रमुख दुश्मनीको जन्मदिन मनाउँदै ओलीले नै शुभकामना दिएका थिए । नेपालले ओलीसँग थोरैमात्र अन्तरले हारेका हुन् । ओलीले हिजोका दिनमा पार्टी दुई नम्वरमा भएपनि भूमिकाको सन्दर्भमा एक नम्बरकै जस्तै बनाए तर नेपालले भनें पहिलो पार्टीलाई टुक्राएर फुटको राजनीतिमा पुर्याएका छन् । नेपालकै पालामा पार्टी फुट्यो र त्यसपछिको निर्वाचनमा कमजोर भयो । २०५१ सालमा मदन भण्डारीको नेतृत्वको कारणले एमालेले संसदको मध्यावधी निर्वाचनमा राम्रो सफलता पायो । गाउँमा संगठन बलियो र कार्यकर्ता पनि एकजुट भएकाले अध्यक्ष खनाल दरिलो भइदिएको भए एमाले संविधानसभाको दोश्रो निर्वाचनमा पहिलो पार्टी बन्थ्यो । उमेरका कारण पार्टी राजनीतमा निस्त्रिmय हुनुपर्ने बेला भएका बामदेव गौतमलाई पनि प्रधानमन्त्रीको लाइनमा एमालेले राखेको छ ।






