काठमाडौं- नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष पुरा भएको छ ।
वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकलेा दुर्घटना रहस्यमय मान्दै आएका छन् ।
भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रति दिवस मनाउने गरेको छ ।






