![13235899_222971064749635_665986708_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13235899_222971064749635_665986708_n1.jpg)
डा,गोपाल पौड्याल
हाम्रा प्रजातन्त्रबादी पार्टिका नेताहरुले बुझ्नु पर्ने कुरो के हो भने तपाइहरु अब रिटायर्ड हुनु पर्छ र यूबा हरुलाइ प्रतिस्पर्धा बाट सत्ता हस्तान्तरण गर्नु पर्दछ।
६०बर्ष भएपछी बृद्ध भत्ता दिने सरकारको निर्णयछ ।यस्को मत्लब रिटायर्ड हुनु पर्छ। सबै क्षेत्रम रिटायर्ड हुदा राजनितिमा जति बूढो उति फुडो को स्थिती किन ल्याउनु भएको?मेरो मत्लब युवाहरुलाई पार्टीसत्ता लिन हतार भएर यस्तो कुरा गरेको होइन, नयाँ विधिको विकास गर्न नसक्दा प्रतिक्रान्ति हुने रहेछ भन्ने बेलैमा बुझ्नुस । प्रतिक्रान्ति रोक्न विधिको विकास गर्नु पर्छ मात्रै भन्न खोजेको हौ। युबाहरुलाई अपमानित र कमजोर पारेर पार्टी बलियो पनि हुँदैन, प्रतिक्रान्ति पनि रोक्न सकिंदैन । उहाँहरुमा वैचारिक प्राधिकार रहने गरी एउटा नयाँ संरचना पार्टीभित्र बनाउनु पर्छ ।
जर्मनिमा हिट्लरको साशनको दमन सहन नसकेर त्यहा पनि प्रती क्रान्ती सुरु हुन लागेको थियो तर अन्तरराष्ट्रिय लडाइँ लड्नु पर्ने भएको हुनाले राष्ट्रियताको बिषय अगाडि आयो र त्यो बेलाको हिट्लरको बद्मासिलाइ लिएर आज सम्म जर्मन हरु दुखिछन।
लेनिन, स्टालिनपछि रुस, माओपछि चीनमा प्रतिक्रान्ति भयो । पेरुमा गोञ्जालो जेल परेपछि साइनिङ पाथको नामनिसानै हरायो । बेलायतमा सन् १६४९ मा राजतन्त्र समाप्त गरेर ओंलिवर क्रम्वेल सत्तामा आएपछि बेलायत गणतान्त्रिक मुलुक भयो । बेलायतमा राजाले कर बढाए भन्दै आक्रोशमा राजा फाले तर त्यहा झन झन अत्याचार बढेर गयो। अत्याचार सहन नसकेर बेलायती जनता गणतन्त्रको विरुद्ध सक्रिय भए । क्रम्वेलको मृत्यूपछि उनका छोरा राष्ट्रपति बने ।
त्यसपछि अत्याचार सहन नसकेर बेलायती जनता गणतन्त्रको विरुद्ध सक्रिय भए । क्रम्वेलको मृत्यूपछि उनका छोरा राष्ट्रपति बने । त्यसपछि बेलायती जनताको आक्रोसको सीमा रहेन । क्रम्वेल राष्टपति भएकोको ११ बर्षपछि १६६० मा उनको लास चिहानबाट झिकेर बेलायती जनताले शहर घुमाए । गणतन्त्रबादीहरुका टाउका काटेर ‘यिनै हुन् बेलायतका गणतन्त्रवादी’ भन्ने लेखिएका ब्यानरहरु शहरमा झुण्डयाइए ।
त्यस्तो अत्याचारी सत्ता कायम रहिरहनु भन्दा बेलायती जनताको लागि राजतन्त्र नैं स्थायित्व र प्रजातन्त्रको संरक्षण र स्वतन्त्रताको लागि बेलायती जनताको लागि साझा शक्ति हो भन्ने ठानेर सन् १६६० मा स्कटल्याण्डमा रहेका चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजसिंहासन मा राखियो ।
नेपालको राजसंस्थाको पनि गरिमा छ भन्ने कुरा २०६२ सालपछिका पार्टीका नेताहरुले बुझ्न नैं चाहेनन् । राजसंस्था बारेमा नेपाली कांग्रेसका नेता वीपी कोइरालाको भनाई थियो (२०३३ पछि)– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन । नेपालको अस्तित्व त राजाको अहं स्वार्थको कुरा हो । त्यसैले राजाहरुले देश बचाएका छन् । म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस् ।’ तर त्यो विचारलाई बीपीका आफ्नै भाइ गिरिजाप्रसाद कोइरालाले नअपनाएर देशलाई नैं भौडीमा हाल्न खोजे । त्यो मेलमिलाप आज पनि जरुरिछ राष्ट्रियता,राष्ट्रिय एकता र गौरबताको लागि,धर्म र संस्कृतिको लागि यस्ता दर्जनौं उदाहरण हाम्रा सामु छन् ।प्रजातन्त्र भनेको बिधिको शासन हो।त्यसैले समयमै विधि विकास गर्न सक्नु भएन भने हाम्रो यहाँ पनि त्यस्तै हुन्छ । अहिलेबाटै तपाइहरुले आफ्नो सांगठनिक प्राधिकार नयाँ पुस्तालाई सुम्पँदै जानुभयोभने भोलि यसले उत्तराधिकारी निर्माण हुन्छ र प्रति क्रान्ति रोकिन्छ ।
अन्त्यमा मेरो एउटा सुझाव छ– हाम्रालाइ होइन राम्रालाइ मात्र छान्नुहोस।छोड्नुहोस बेकारमा यो भागबण्डाको राजनिती । अनि पार्टी र सरकार अर्थात् सार्वजनिक लाभको पदमा मूलतः श्रीमान–श्रीमती वा एकाघरका सदस्य एउटै कमिटि र समान हैसियतको पदमा एकै समयमा बस्न छोड्नुहोस। आज खासगरी तपाइहरुको पार्टीभित्र भुसको आगो जस्तै भित्रभित्रै असन्तुष्टिको आगो सल्किरहेको छ । यसलाई नीति र विधिको विषय नबनाएर नैतिकताको प्रश्न बनाउनु पर्छ भन्नुहोला तर अब यसलाई नैतिकताको प्रश्न बनाएर समस्याको समाधान हुँदैन । यहाको राजनितिमा कत्तिखेर कस्को खुलेयाम कत्लेआम हुने हो पत्तो नै छैन ! यस्तो बेथितिको अन्त्य गर्नु पर्दछभन्ने मान्छे हो म ।
महान सहिदहरुको योगदानको कदर हुनु पर्दछ नत्र भने हाम्रो देशले अग्रता लिन सक्दैन। यसरी देशीविदेशी शक्ति लाई हाम्रो राष्ट्रिय स्वाभिमान र सार्बभौमिक भावनामा खेल्ने मौका किन दिनु हुन्छ ? किन तपाइहरु आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गर्दै मुर्खता प्रदर्शन गरिरहनुहुन्छ? अब ढिलो भैसक्यो त्यसैले बिदेशी दलालको ईशारामा कठ्पुतलि बनेर नाँची रहन छोड्नुस। आम नेपाली जनताले देखेको नयाँ नेपालको सपनाहरू साकार गराउनु जरुरिछ।
देश र जनताको हितमा सोच्ने नेतृत्वको बिकास गराउदै जानूस। देश र जनताको केही गरौ भन्ने कार्य योजना र भिजन लिएर अघि बढेको ब्यक्ति वा पार्टी लाई सहयोग र सहकार्य गर्नुस । एकले अर्काको घाँटी नै निमोठ्ने प्रवृत्तिको अन्त्य गर्नुस। सधै भरी यो जङली, बाँदरे प्रवृत्ति र मनोकांक्ष्याको शिकार देश र जनता हुनु हुन्न । संक्रमित सोच बाट तपाइ हरुको राजनिती माथी उठ्नु जरुरिछ। एउटा छिमेकिको नजिक भएर अर्कोलाइ हेला गर्ने बच्पना पनि नदेखाउनुहोस । मेरो सुझाव यहि नै हो।






