ग्रीनवीच कप भलिबलमा चाल्टर्नको सानदार विजय (तस्विर)

football 2016 010शिव भण्डारी,

लन्डन । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेक फुटबल मैदानमा शनिबार भएको ग्रीनवीच कप उपाधि मंगोलियन भान्जाले जितेको छ ।

साउथ इष्ट क्षेत्रीय तमुधिं र नेपाली युथ असोसिएसनको संयुक्त आयोजनामा भएको उक्त ९ ए साइड फुटबल प्रतियोगितामा तोङ्वा एफसीलाई दुई एक गोल अन्तरले पराजित गर्दै मंगोलियन भान्जाले उक्त उपाधि जितेको हो ।

विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गरेको छ ।

संयोजक ह्यारी गुरुङका अनुसार, फुटबल प्रतियोगितामा कुल २० टिमले भाग लिएका थिए भने ४ टिमबीच भलिबल प्रतियोगिता गराइएको थियो । ग्रीनवीच कप भलिबल प्रतियोगितामा चाल्टर्नले सानदार विजय हासिल गरेको छ । भलिबलमा इग्ल्याण्ड भलिबल प्रिमियर लिग खेल्दै गरेका केहि खेलाडी सहभागी भएको बेक्स्ली हिथ भलिबल टोलीलाई फाइनलमा २५ २१, १७ २५, २५ १८ र २५ १९ को ३ १ सेटले हराउंदै चाल्टर्न टिम विजयी भएको हो ।

भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी बेक्स्ली हिथ भलिबल टोलीकी जुलिन भइन् । खेलपछि विजेता टोलीका कप्तान बसन्त पौडेलले बेलायतमा भएका भलिबल प्रतियोगिता मध्यको निकै उत्कृष्ट तथा निष्पक्ष खेल भएको भन्दै आयोजकलाई धन्यवाद दिए । भलिवल विजेतालाई नेपाली युथ असोसिएसनका अध्यक्ष ह्यारी गुरुङले नगद, ट्रफी र मेडल तथा भलिबल खेलका संयोजक राजन खकुरेलले फस्ट रनर अपलाई नगद र मेडल प्रदान गरे ।football 2016 027

फुटबल विजेता टिम र खेलाडीहरुलाई साउथ इष्ट क्षेत्रीय तमुधिं अध्यक्ष श्री चन्द्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, व्यवसायी यादव भण्डारी, एनजे गुरुङ, भिम (महेन्द्र) गुरुङ, ग्रीनवीच मेयर नोर्मन आडम्स्, एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

खेलाडीहरुको हौसला बढाउने उद्देश्यले यस वर्षबाट क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिने प्रचलन शुरु गरिएको संयोजक ह्यारीले जनाए । पुरस्कार वितरण कार्यक्रम सचिन श्रेष्ठले सञ्चालन गरेका थिए ।

football 2016 086football 2016 034football 2016 08913219809_10206356286374862_2061939618_n[1]football 2016 003