दिउँसै गुम्बा तोडफोड, दानपेटिकाको रकम चोरी

ताप्लेजुङ- ताप्लेजुङ नगरपालिका–६ स्थित साँगा छ्योखोर्लिङ गुम्बामा विगत पाँच वर्षदेखि नखोली राखिएको दानपेटिकामा भएको रकम शनिबार दिउँसो चोरी भएको छ ।

गुम्बाको ढोकामा लगाएका तीनवटा ताला फोडेर भित्र रहेको उक्त दान पेटिकासमेत फोडेर रकम चोरी भएको गुम्बाका प्रमुख लामा कुलमान गुरुङले बताउनुभयो ।

दान पेटिका गुम्बादेखि नजिकै फोडेर फालिएको अवस्थामा फेला परेको बताइएको छ । पाँच वर्षदेखि नखोली राखिएको उक्त दान पेटिकामा रु दुई लाखभन्दा बढी रकम रहेको अनुमान गरिएको छ ।

बिहान बेलुका पूजापाठ गर्ने गरेपनि दिउँसो सो गुम्बामा कोही नभएको अवस्थामा चोरी भएको र चोरीमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताउनुभयो ।