डायनाको यादमा डुब्यो बेलायती शाही जोडी

kateनयाँदिल्ली–बेलायती युवराज विलियम र युवराज्ञी केट मिडल्टनले शनिबार प्रेमको प्रतिक मानिने ताजमहलको अवलोकन गरे ।

सात दिने भारत भ्रमणको अन्तिम दिनको अवसर पारेर ताजमहल पुगेको यो जोडीले २४ वर्षअघि तत्कालिन युराज्ञी तथा स्वर्गीय माता डायना बसेकै स्थानमा बसेर तस्बिरसमेत खिचाए ।

‘डायना कुर्ची’ समेत भनिने सो स्थानमा बस्दा उनीहरु केहीबेर आमाको यादमा हराए ।

विलियमको आमा डायानाले सन् १९९२ मा प्रेमको स्मारक मानिने सो भवनको अगाडि रहेको एउटा बेन्चमा बसेर तस्बिर खिचाएकी थिइन् ।