काठमाडौं–उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाल गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ ।
बैठकमा सहभागि गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका थिए ।
बैठकमा सुरक्षा अधिकारीहरुले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि संविधान कार्यान्वयन गर्न नदिने शत्तिलसँग लागेकाले उक्त पार्टीको गतिविधिमा निगरानी राखिराख्नु पर्ने बताए ।






