खोटाङमा बस दुर्घटना, २२ जनाको मृत्यु

Halesi_Bus_Accidentखोटाङ- खोटाङमा मंगलबार बिहान बस दुर्घटना हुँदा २२ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको यात्रु बस महादेवस्थान-१ को काभ्रेभीरमा दुर्घटना हुँदा २२ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १५ पुरुष र ७ महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा २५ जना भन्दा बढि घाइते भएका छन् ।

दिक्तेलबाट १८ जना यात्रु लिएर बिहान पाँजबजे छुटेको बसमा ४५ जना भन्दा बढि सवार रहेका थिए ।

सडक निर्माणको क्रममा रहेकाले कुनामा ढुंगा थुपारिएको र छेउबाट लाँदा बाटो भत्किएर दुर्घटना भएको खोटाङका ट्राफिक ईन्चार्ज तेजबहादुर बस्नेतले जानकारी दिए ।
घाइतेलाई इलाका स्वास्थ्यचौकी हलेसीमा लगिएको छ । धेरैको अवस्था चिन्ताजनक छ ।