काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने प्रस्ताव एमालेको बैठकमा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झस्किएको छ ।
एमाले केन्द्रीय कमिटिको सोमबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताले धारणा राख्ने क्रममा स्थानीय निर्वाचन गराउने प्रस्तावमा एकमतसमेत देखिएको छ । ‘वर्तमान सरकारको नेतृत्वमा तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीको कामलाई अघि बढाउने, तत्काल स्थानीय नियकाको निर्वाचन गर्ने ध्यान केन्द्रीत गर्ने’ ओलीको प्रतिवेदनमा भनिएको छ ।
ओलीले यस्तो प्रस्ताव गरेसँगै कांग्रेस झस्किएको छ ।






