सुनसरी , २६ पुस– राजनीतिक द्घन्दका कारण मुलुक संकटमा फसिरहेको अवस्थामा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने तथा पार्टी नै फुटाएर अर्को पार्टी गठन गर्ने समुहहरुको जमात बढदै गएको छ । यसै सन्दर्भमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीबाट बिद्रोह गरी सोही पार्टीका केही नेताहरुले शनिवारको दिन देखी नेपालमा नया पार्टी जन्माएका छन ।
बैद्य पक्ष बाट असन्तुष्टी जनाउदै निस्किीएको स्वास्थ्यकर्मीहरुको समुहले शनिवार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दे नेकपा माओवादी (क्रान्तिकारी ) नाम दिएर नया पार्टीको घोषणा गरेका हुन । पार्टीका संयोजक तथा अध्यक्ष भजेन्द्र प्रशाल चम्लागाई (भुवन)ले जनताको चाहनालाई बुझेर नेपालमा फेरी अर्को पार्टीको स्थापना गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय संयोजक भुवनले माओवादी भित्र रहेर दिएको योग्दान पार्टीे नदेखेको र जनताको इच्छा बिपरीत काम गर्न थालेको भन्दै जनता सामु नया पार्टीको स्थापना गरेको बताए ।
एमाओवादी , नेकपा एमाले , नेपाली कांग्रेस लगायत मधेसी दलहरुले सेनाको प्रयोग गरेरै भएपनि आगामी माघ ८ मा नया संविधान जारी गर्ने भन्दै जनतालाई झुक्याइरहेको तर बास्तविकतामा मुुकले यो पटक पनि संविधान नपाउने पक्का पक्की भइसकेको उनले बताए । नया पार्टीमा जम्मा ३९ केन्द्रिय समिति सदस्यहरु रहेका पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
जनताले चाहे भुमिगत हुन तयार मुलुक राजनीतिक अस्थिरताका कारण द्घन्दमा फस्दै गएमा वा पुजीवादीहरुले एकलौटी राज्य सञ्चालनको जिम्मा लिएमा नेपाली जनताको इच्छा अनुसार पार्टी भुमिगत भई सशस्त्र आन्दोलन मच्चाउन सक्ने बैद्य पक्षबाट माओवादीबाट अलग्गिएको नया पार्टी नेकपा माओवादी ( क्रान्तिकारी ) का केन्द्रीय संयोजक क भुवनले बताए । माओवादीबाट अलग्गिएर गाउ गाउमा पार्टी संगठन बिस्तार गर्ने प्रमुख उद्येस्य उन्ेल प्रस्ट पार्दै आफुहरुसंग १ हजार बढी कार्यकर्ताहरु रहेको पार्टीका केन्द्रीय अध्यक्ष भुवनले बताए ।






