चर्चित कलाकारको साथमा ग्रेटर रसमुर नेपाली कम्युनिटीले नयां वर्ष कार्यक्रम गर्ने

rashmur

लन्डन ।  ग्रेटर रसमुर नेपाली कम्युनिटीले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा लण्डनमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुतिसंगै आउंदो ८ अप्रिल सांझ कम्युनिटीले अल्डरसटस्थित इम्पायर हाउसमा कार्यक्रम गर्न लागिएको हो ।

उक्त सांझमा नेपालबाट आएका कलाकारहरू वरिष्ठ गायक शम्भु राई साथै लोकदोहोरी गायक गायिका देविका केसी र रामजी खांड आउने कार्यक्रम छ । यस अलवा प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुति र स्थानीय वालवालिकाको कल्चरल शो मुख्य आकर्षण हुनेछन् ।
स्थानीय नेपाली व्याण्ड र डिजे पनि कार्यक्रममा समावेश भएको जनाउंदै कम्युनिटीले कार्यक्रममा सहभागी भएर नयां वर्ष शुभकामना आदानप्रदान एवं मनोरन्जन लिन आग्रह गरेको छ ।