लण्डन । नेपलिज इन्टरटेन्मेन्ट यूकेले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा लण्डनमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुतिसंगै आउंदो अप्रिल १० तारिख आइतबार कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा लोकप्रिय गायकहरु शिव परियार र हेमन्त शर्मासंगै चर्चित नायिका प्रियंका कार्कीले प्रस्तुति दिने आयोजक मध्यका एक बिरेन खड्काले बताएका छन ।
अल्डरसट स्थित एम्पायर हलमा साँझ ६ बजेदेखि राती १० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रम हेर्न चाहने दर्शकका लागि १० पाउण्डको टिकट लाग्नेछ । कार्यक्रम व्यबस्थापनको लागि शान्ति गुरुङ, विरेन खड्का,अनिल मल्ल,राजन गुरुङ र दिपक खड्काले मुख्य भूमिका निर्वाह गरेका छन ।







