एनबिसी यूकेले नयां वर्ष कार्यक्रम गर्ने

nbc

लण्डन । नेपालिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूकेले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा लण्डनमा एक शुभकामनाकार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुतिसंगै आउंदो अप्रिल ८ तारिख शुक्रबार कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा लोकप्रिय गायकहरु शिव परियार र हेमन्त शर्मासंगै चर्चित नायिका प्रियंका कार्कीले प्रस्तुति दिने आयोजकले बताएका छन ।

लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा सांझ साढे ६ बजेदेखि राती ११ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रम हेर्न चाहने दर्शकका लागि २० पाउण्डको टिकट लाग्नेछ । तर ५ देखि १० वर्षसम्मका बालबालिकाको लागि १० पाउण्ड र ५ वर्ष मुनिकालाई भने निशुल्क प्रवेश भनिएको छ । कार्यक्रमको टिकटमै डिनरको पनि व्यवस्था हुनेछ ।

कार्यक्रमको टिकटका लागि अध्यक्ष कमल खनाल (07791545330) र बसन्त नेपाल (07496235114) संगै आयोजक कम्युनिटीका पदाधिकारीहरुलाई सम्पर्क राख्न सकिनेछ ।