काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम निवर्तमान कावा सभापति पौडेलसहित सात जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ ।
कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नरहरि आचार्य, गगनकुमार थापा, चित्रलेखा यादव, उमाकान्त चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लिखित छ ।






