भीमदत्तनगर- पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताउनुभएको छ ।
आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुग्नुभएका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राख्नु भयो ।
“मौसमलगायतका कारण वैशाखमा निर्वाचन गराउँदा राम्रो हुन्छ ।” उहाँले भन्नुभयो – “जनप्रतिनिधिविहीन हुँदा समस्या भएको छ ।” स्थानीय निकायको निर्वाचन गरी ग्रामीण बस्तीको सामाजिक, आर्थिक विकासमा लाग्नुपर्नेमा नेपालको जोड थियो ।






