सार्वजनिक बिदामा संसद सचिवालय बन्द गर्न सभामुखको निर्देशन

onsari1काठमाडौं- सभामुख ओनसरी घर्तीमगरले अबदेखि सार्वजनिक विदाको दिन सचिवालय नखोल्न निर्देशन दिएकी छन् । सभामुखको निर्देशनपछि शनिबार पहिलोपटक संसद सचिवालय बन्द गरिएको थियो।

‘केही काम नभए पनि खानाभत्ताको लोभमा कर्मचारी सार्वजनिक बिदाको दिन आउने र सरकारी स्रोतको दुरुपयोग गर्न थालेपछि सभामुखले नखोल्न निर्देशन दिनु भएको हो,’ सभामुख निकट स्रोतले भन्यो।’

सार्वजनिक बिदाका दिन संसद सचिवालयका कर्मचारीले ७ सय रुपैयाँ खाजाभत्ता पाउँछन्।