काठमाडौं- नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् ।
प्रतिद्धन्द्धी दिपक गौतमलाई हराउदैं निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिद्वन्द्वी दीपक गौतमले मत ६ सय ४९ पाएका छन् ।
२० बर्षदेखी निरन्तर अखिलको राजनीतिमा क्रियाशिल नविना अखिलको दोस्रो महिला अध्यक्ष बनेकी छिन् । एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीपछि उनी अखिलको महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।
यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मि आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्। यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे।
त्यस्तै, अनुशासन आयोगमा नीशा अधिकारी, निर्वाचन आयोगमा तुलसी मैनाली तथा लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् । सचिवालय सदस्यतर्फ सुदर्शन शिबाकाटी, यशु लामा, भाष्कर खनाल, टीकाजंग थापा, यमराज पाण्डे, युवराज कुँवर, सूर्य रोकाय, डम्बर अधिकारी, नारायण घर्ती, अर्जुन अधिकारी, उमेश आचार्य, श्याम प्रजापती, कनिष पटेल, कल्पना थापा, एलबी सिंह, मर्यादा विष्ट, सम्झना अधिकारी, रामशरण चौधरी, जेनिश लामालगायत निर्वाचित भएका छन् ।






