प्रहरी प्रधान कार्यालयद्वारा १७ एसपीको सरुवा

traffice-policeकाठमाडौं- प्रहरी प्रधान कार्यालयले १७ जना एसपीको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले गरी महानगरीय दंगा प्रहरी नियन्त्रण गणका एसपी प्रद्युम्न कार्कीलाई काठमाडौं प्रहरी परिसर, केन्द्रीय अनुसन्धान ब्युरोका एसपी उत्तमराज सुवेदीलाई आइजीपीको सचिवाल नक्साल र सन्दिप भण्डारीलाई मोरङ सरुवा गरेको छ।

यसैगरी कास्की प्रहरी प्रमुख रहेका हरिवहादुर पाललाई महानगरीय दंगा प्रहरी नियन्त्रण गण काठमाडौँ सुरुवा भएका छन्।

यस्तै बाँके प्रहरी प्रमुख बसन्तकुमार पन्त प्रहरी प्रधान कार्यालय युनएन शाखा, विश्वराज पोखरेल महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी प्रधान कार्यालय प्रशासन शाखा र मोरङमा रहेका एसपी तारिणी प्रसाद लम्साललाई केन्द्रीय अनुसन्धान व्युरो विशेष अपराधन अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।