लन्डन- बेलायतको राष्ट्रिय दैनिक पत्रिका ‘द इन्डिपेनडेन्ट’ को छापा संस्करण बन्द हुने भएको छ ।
अधिकांश पाठकहरु पत्रिकामा भन्दा अनलाइनमा केन्द्रित रहने तथ्यांकको हवाला दिँदै ऐतिहासिक पत्रिकाले छापा संस्करण’ बन्द गर्ने जनाएको छ। आगामी मार्च २६ तारिकमा उक्त पत्रिकाको अन्तिम छापा अंक प्रकाशित हुने छ । यो निर्णयसँगै बेलायतमा यति ठूलो स्तरको राष्ट्रिय दैनिक डिजिटलमा परिवर्तन हुने ‘द इन्डिपेनडेन्ट’ पहिलो पत्रिका हुने छ ।
‘न्यूजपेपर इन्डस्ट्री’मा देखिएको परिवर्तित प्रभावको प्रसङ्गलाई जोड्दै पत्रिकाको स्वामित्व रहेको ‘ईएसआई मिडिया’ले न्युजपेपरले वेबसाइटबाट दिगो र नाफामुलक भविष्य सुनिश्चित गर्ने बताएको छ।
सन १९८६ मा स्थापना भएको ‘द इन्डिपेन्डेन्ट’ बेलायतमा केही वर्ष अगाडिसम्म दैनिक पाँच लाखप्रति बिक्री हुने गर्दथ्यो भने अहिले त्यो संख्या ३० हजारको हाराहारी मात्रै सीमित रहेको छ।






