कोइरालापछि को ?

sherbahadur_Ramchandraकाठमाडौं- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मैदानमा ओर्लिससेका छन्।

पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षमा कार्यवहाक सभापति रामचन्द्र पौडेल स्वभाविक उम्मेदवार त हुन तर उनी ढुक्कसाथ मैदानमा अझै आउन सकेका छैनन्।

कारण कोइरालाको निधनपछि संस्थापनको नेतृत्व लिन चाहनेमा पौडेल मात्र एक्ला होइनन्। महामन्त्री प्रकाशमानसिंह सिंह र कृष्णप्रसाद सिटौला पनि नेतृत्वको प्रतिस्प्रर्धामा आफूहरुलाई जाँच्न खोजिरहेका छन्।

सिटौलाले आफू पनि सभापतिको उम्मेदवार हुने दाबी गरे । सिटौलाको प्रतिस्पर्धालाई पचाउन नसक्दा अर्का महामन्त्री सिहं पनि आफैँ अघि बढ्ने सुरसारमा छन्।