काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राउटे मुखिया तथा उनीहरूका परिवारलाई जुत्ता सहित कपडा उपहार दिनुभएको छ ।
चाडबाड मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका वीरबहादुर शाही, सूर्यनारायण शाही र दिलबहादुर शाहीलाई प्रधानमन्त्री ओलीले आज सो उपहार दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले उनीहरूलाई जङ्गल छाडेर समाजमा आई आधुनिक जीवनशैली अपनाउन आग्रह गर्दै त्यसका लागि उनीहरूलाई राज्यबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
नेपालका फिरन्ते राउटे जातिको बसोबास दैलेख र अछामको जङ्गल क्षेत्रको आसपासमा छ ।






