नेविसंघ बेलायतले कोइरालाको सम्मानमा शोक सभा गर्ने

लण्डन । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशिल कोइरालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न नेविसंघ बेलायतले पनि एक कार्यक्रम गर्ने भएको छ ।

sukonebisang[1]

तेह्रौं दिनको पुण्य तिथी पारेर फेब्रुअरी २१ तारिखका दिन लण्डनको वीलवीचमा श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको नेविसंघ बेलायतका उपसभापति राजन खकुरेलले बताएका छन । कार्यक्रममा सहभागी भएर स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायतस्थित सबै नेपालीहरुलाई आव्हान गरिएको अर्का उपसभापति प्रदीप चौलागाईंले जनाए ।

 

यसअघि मंगलबार नै नेविसंघ बेलायतका कार्यवाहक सभापति गणेश दाहालले एक शोक वक्तव्य जारी गरेर कोइरालाको निधनप्रति दुख व्यक्त गरेका थिए । ‘लोकतान्त्रिक सविंधानका पिताको स्वर्गारोहणले देशले प्रजातन्त्रका एक सच्चा सेनानी गुमाएको छ,’ दाहालको वक्तव्यमा छ ।