
काठमाडौं- बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव र पूर्वमन्त्री रघुवंशप्रसाद सिंहले दिएको अभिव्यक्तिलाई लिएर चुरे भावर राष्ट्रिय एकता पार्टीले आपत्ति जनाएको छ ।
पार्टीका अध्यक्ष बद्रिप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै उनीहरुको अभिव्यक्तिले नेपालीको राष्ट्रिय स्वाभिमानमा ठेस पुर्याउने काम गरेको भन्दै त्यसको निन्दा र भर्त्सना गरेका हुन् ।
मधेसी मोर्चाका तीन शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँगको भेटवार्तामा उनीहरुले दिएको अभिव्यक्तिले छिमेकी मुलुकमाथि ठाडो हस्तक्षेप भएको पनि चुरे भावरले ठहर गरेको छ ।






