नाकाबन्दी छिट्टै हट्नुपर्छ : उपराष्ट्रपति पुन

nanda kishor punचितवन- पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा विहीबारदेखि आठौं रत्ननगर महोत्सव–२०७२ सुरु भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

उपराष्ट्रपति पुनले नाका अवरोधले मुलुकले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अवरोध हट्नुपर्नेमा जोड दिए ।

उनले आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका हुने भन्दै लगानीको वातावरण बनाउन राज्य जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए ।

महोत्सवको उद्घाटनअघि विभिन्न जातजातिको झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

यस क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यको विकास र प्रर्बद्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा ४५० ओटा स्टलहरु राखिएका छन् । महोत्सवमा वैकल्पिक उर्जाको मात्र १५ ओटा स्टलहरु रहेका छन् ।