दाहाल फेरि थाइल्याण्ड जाने

Prachandaकाठमाडौं– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार फेरि थाइल्याण्ड जाने भएका छन्।

बैंककमा उपचाररत पार्टी सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यस्थितिबारे थप जानकारी दाहाल थाइल्याण्ड जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

दाहाल नेपाल एयरलाइन्सको बिमानमार्फत शुक्रवार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सचिव अनन्तको स्वास्थ्यमा सुधार आउन थालेपछि उनलाई नेपाल ल्याउने विषयमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल गर्न दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

यसअघि उनी पत्नी सिता र अनन्त पत्नीसमेत रहेकी सभामुख ओनसरी घर्तीलाई लिएर थाइल्याण्ड गएका थिए ।