सौतेनी आमाद्वारा दुई बालक हत्याको नालिबेली

प्रेम सुनारद्वारा प्रस्तुत ओझेलका खबरमा यसपालि सौतेनी आमाद्वारा दुई बालक हत्याको नालिबेली प्रस्तुत गरिएको छ । हाडहाडे ९ का नरेन्द्र पुनका छोराहरू ७ वर्षीय आशिष र ५ वर्षीय मनीषलाई कान्छी श्रीमती २१ वर्षीया शान्ताले मंगलबार राति विष खुवाएर मारेकी छन् । बुधबार हत्या गरेपछि शान्ताले दुवै बालकको मलद्वारमा बिजुलीको तार राखिदिएर परिवारलाई खबर गरेकी थिइन्।ओझेलका खबरमा यही घटनालाई सुनारले सार्वजनिक गर्नुभएको छ । कार्यक्रममा अरु पनि खबर छन् । गुल्मीका कुनाकाप्चाका समाचारलाई बाहिर ल्याउने अभियानमा लाग्नुभएका पत्रकार प्रेम सुनारप्रति लन्डन नेपाल न्यूज डट कमको तर्फबाट आभार व्यक्त गर्दछौं । ओझेलका खबरका सबै कार्यक्रम प्रशारण अनुमति दिनुभएका पत्रकार सुनारप्रति धन्यवाद व्यक्त गर्दछौं ।
12630783_10205599412733494_635625579_o[1]