![g]dlskfsf cWoIf lah'S5]–;Daf]wg g]kfn dhb'/ ls;fg kf6L{sf cWoIf gf/fo0fdfg lah'S5] cfOtaf/ eQmk'/sf] bQfqodf kf6L{sf] $@cf}F :yfkgf lbj;sf] cj;/df cfof]lht hg;efdf ;Daf]wg ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/ . /f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/Narayan-Man.jpg)
g]kfn dhb’/ ls;fg kf6L{sf cWoIf gf/fo0fdfg lah’S5] cfOtaf/ eQmk’/sf] bQfqodf kf6L{sf] $@cf}F :yfkgf lbj;sf] cj;/df cfof]lht hg;efdf ;Daf]wg ub}{ . tl:a/ M /d]z lu/L, eQmk’/ . /f;;
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्यवस्थापिका–संसद्ले शनिबार पारित गरेको संविधान संशोधनलाई सुगौली सन्धिको नयाँ संस्करणको सङ्ज्ञा दिनु भएको छ ।
आज भक्तपुरको दत्तात्रयमा पार्टीको ४२औँ स्थापना दिवसको अवसरमा आयोजित जनसभामा उहाँले खुला सिमाना र भारतबाट नेपाली नागरिकता लिने प्रवृत्ति नियन्त्रण नगरी गरिएको संविधान संशोधनले भारतीय हस्तक्षेप अझै बढ्ने आशंका व्यक्त गर्नुभयो ।
बिजुक्छेले भन्नुभयो, “भारतको दबाबमा भएको संविधान संशोधनले नेपाललाई फाइदा पुग्दैन, विगतको सुगौली सन्धिमा हारेका थियौँ, अहिले पनि त्यस्तै अवस्था आउँदैछ ।”
सीमापारबाट नेपाली नागरिकता लिने क्रम नरोकी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्दा मधेसमा थप भारतीयले नागरिकता लिएर जनसङ्ख्या थप्दै जानसक्ने खतरा बढ्दै गएको उहाँको भनाइ थियो ।
बिजुक्छेले भन्नुभयो, “डिभी, पिआर लिने कर्मचारीलाई कारबाही गरेजस्तै अब सरकारले भारतको तलब खाएर नेपालको हितविरुद्ध काम गर्ने कर्मचारीको पनि खोजबिन गरी कारबाही गर्नुपर्छ ।”






