काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एकता र विकासको विपक्षमा रहेकाहरुले एमालेसँग बदला लिने गम्भीर योजना बनाएको वताएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पहिलो संविधानसभाजस्तै गरी दोस्रो संविधानसभालाई पनि असफल बनाउन चाहने शक्तिले संविधान जारी भएपछि त्यसको बदला एमालेसँग लिन खोजेको वताए ।
संविधान जारी भएकाले अव राष्ट्रिय एकता कायम गरी तीब्र रुपमा विकासका काम अघि बढाउनु पर्ने र त्यसका लागि असफल बनाउने शक्तिप्रति सचेत हुनु पर्ने पनि वताए । ‘पहिलो संविधानसभा जस्तै दोस्रो संविधानसभा पनि असफल बनाउने प्रयास भएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले त्यो प्रयासलाई सफल हुन दिएनौं र संविधान जारी गर्यौं । अव त्यो शक्तिले एमालेसँग बदला लिन विकास र राष्ट्रिय एकता हुनै नदिने प्रयास थालेको छ ।’
उनले एमालेका हरेक तहका नेता कार्यकर्ताले राष्ट्रिय एकता र विकासप्रति सचेत भएर पाइला चाल्नु पर्ने वताए ।







