उपभोक्तावादी संस्थाको कमाइ २४ लाख !

premlalकाठमाडौं- उपभोक्तावादी संस्थाहरूले कालोबजारी, कार्टेलिङ, कृत्रिम अभाव, मूल्यवृद्धिलगायत बेथितिका बारेमा सरकारलाई झक्झकाउने गर्छन् । यो उनीहरूको तलबी जागिर नभई समाजसेवा मात्रै हो भन्ने गरिन्छ ।

उपभोक्तावादी संस्थाको कमाइ नै हुँदैन भन्ने पनि गरिन्छ । तर, केही यस्ता उपभोक्तावादी संस्था पनि जसको कमाइ र खर्च लाखौँमा हुने गरेको छ । पुराना उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन अध्यक्ष रहेको राष्ट्रिय उपभोक्ता मञ्चले गत आर्थिक वर्ष ०७१/७२ मा कुल २४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

४ दिनअघि राजधानीमै दशौँ वार्षिक साधारणसभा मनाएको मञ्चले सबै सदस्यलाई वितरण गरेको विवरणमा संस्थाले २४ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको र सबै खर्च गरेको देखिएको छ । मञ्चले प्रस्तुत गरेको आय विवरणमा ९ लाख रुपैयाँ कुन स्रोतबाट प्राप्त भयो भन्ने उल्लेख छैन ।