काठमाडौं- कांग्रेसले सभापतीय अधिकार बढाउने गरी विधान संशोधनको तयारी थालेको छ ।
विधान संशोधन समितिका संयोजकसमेत रहेका संगठन विभाग प्रमुख आनन्द ढुंगानाले गाउँ तहदेखि केन्द्रीय सभापतिको अधिकार बढाउने गरी विधान संशोधनको तयारी भईरहेको बताए ।
१२ औं महाधिवशनमा सभापतिका कतिपय अधिकारलाई कटौति गरी केन्द्रीय कार्यसमितिलाई दिइएको थियो । जसका कारण केन्द्रीय कार्यसमिति र सभापतिबीच द्वन्द्व बढाउने काम भएको भन्दै ढुंगानाले सभापतिलाई बलियो हुनेगरी विगतका गल्ती सच्चाउने काम हुने बताए ।
क्रियाशील सदस्यता टुंगाइयो
सोमबार विहान सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ ।
नरहरी आचार्य संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनलाई केही फेरबदल गरी विवाद टुंगाइएको हो । तर, देउवा पक्षले भने समितिको प्रतिवेदन विपरितको निर्णय भएको भन्दै असन्तुष्टि जनाएको छ ।






