कांग्रेसमा क्रियाशील सदस्यता विवाद

nepali-Congress-flag_20110409091641[1]काठमाडौं- कैलाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद चुलिएपछि नेता कार्यकर्ताहरु जिल्ला र केन्द्रमा धर्नामा बस्न बाध्य थालेका छन्।

केन्द्रमा सभापति सुशील कोइराला पक्षधर कार्यकर्ताहरु कैलालीका १६ सय ४४ जना सदस्यता सदर हुनु पर्ने भन्दै कांग्रेस केन्द्रीय कार्यालय काठमाडौमा धर्नामा बसेका छन् भने बरिष्ठ नेता शेरवहादुर देउवा पक्षका कार्यकर्ता ती सबैको सदस्यता सदर गर्न नहुने मागसहित शनिवारदेखि पार्टी जिल्ला कार्यालयमा धर्नामा बसेका छन्।

केन्द्रमा कैलाली कांग्रेसका निवर्तमान सभापति गोविन्दराज जोशीको नेतृत्वमा नेता कार्यकर्ता धर्नामा बसेका छन्। कैलालीस्थित पार्टी कार्यालयमा भने देउवा पक्षका सांसद पुष्करनाथ ओझाको नेतृत्वमा धर्ना सुरु गरिएको छ।

यस्तै देउवा पक्षका ५० भन्दा बढी नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्नका लागि शनिवार राजधानी लागेका छन्।