आइएस कार्यकर्ताद्धारा आफनै आमाको शीर छेदन गरी हत्या

is

सिरिया। सिरियामा एकजना ‘आइएस’ कार्यकर्ताले आफ्नै आमाको शीर छेदन गरी हत्या गरेका छन् ।

आइएस संगठन छाड्न आग्रह गरको भन्दै आमाको शीर छेदन गरी हत्या गरेको जनाइएको छ ।

छोरालाई आइएस छोड्न आग्रह गरेको सूचना आइएसलाई दिएलगत्तै ती महिलालाई पक्राउ गरी मृत्युदन्डको सजाय सुनाइएको थियो ।

सिरियाको पोस्ट अफिसमा कार्यरत ती महिलाको उनकै कार्यालय परिसरनजिकै छोराले शीर छेदन गरेको मानवअधिकार संस्था ह्युमन राइट्स अब्जरभेटरीले जनाएको छ ।

इराक र सिरियामा एकसाथ आतंकवादी गतिविधि गर्दै आएको आइएसले हालसम्म २ हजार जनाको हत्या गरिसकेको छ । (एजेन्सी)