काठमाडौं- सरकारले थरुहट–थारुवान संघर्ष समितिसँग आजबाट वार्ता थाल्ने भएको छ ।
चितवनदेखि कैलालीसम्म थरुहट स्वयत्त राज्य माग गर्दै आन्दोलन गरिरहेको थरुहट–थारुवान संघर्ष समितिसँग आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने भएको हो ।
थरुहट–थारुवान संघर्ष समितिका मागहरुलाई सम्बोधन गर्नका लागि साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक वार्ता हुने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
मधेसी दलहरुसँग लामो समयदेखि वार्ता गरिरहेको सरकारले थरुहट–थारुवान संघर्ष समितिसँग पनि अलग्गै वार्ता गर्न लागेको हो ।






