म्यानचेस्टरमा ९ पाउण्ड रिफण्ड माग्दा ९० हजार आए पछि एक महिलालाई २० महिनाको जेल सजाए

लण्डन ।बेलायतमा एक महिलाले आफ्नो खातामा जम्मा भएको ९० हजार पाउण्डको बारेमा कसैलाइ पनि जानकारी नगराएपछि अहिले अनुसन्धानको घेरामा परेकी छन्।
५२ बर्षीय कम्फर्ट कोनाडु नाम गरेकी महिलाले एक च्यारिटी शपमा गएर केही सामग्री खरिद गरेकी थिइन् । तर त्यो सामान आफुलाइ चित्त नबुझेको कारण फिर्ता गर्न गइन् । फिर्ता गर्ने क्रममा पसलबाट उनको खातामा गल्तीको कारण ९० हजार ४७.१९ पाउण्ड जम्मा भयो । उनले गल्तीको कारण आफ्नो खातामा पैसा जम्मा भएको कुरा कसैलाइ पनि भनिनन् । त्यतिमात्र नभएर उक्त रकम मध्ये उनले ५७ हजार पाउण्ड आफ्ना बालबच्चाहरु ल्गायतका अन्य खाताहरुमा पठाइन् ।
तर केही समयमै बैंकले उनको खातामा गल्तीको कारण पैसा जम्मा भएको पत्ता लगायो र उनको खाता फ्रिज गरियो र केही रकम निकालियो । तर ३१ हजार पाउण्ड भन्दा बढी रकम उक्त च्यारिटी पसललाइ घाटा लाग्यो ।
म्यानचेस्टर इभिनिँग न्युजले बताए अनुसार रोयल मेनक्याप सोसाइटी नामक च्यारिटी पसलले ब्यहोरेको उक्त घाटा कसरी क्षतिपुर्ति गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान पनि भइरहेको छ ।
कोनाडु माथि केरकार गर्ने क्रममा अदालतले उनलाइ आफुले आफैमा घिनलाग्ने काम गरेको भनेको थियो ।
कोनाडु ६ बच्चाकी आमा हुन् । उनी गत बर्षको ११ अक्टोबरमा ओपनश म्यानचेस्टर स्थित च्यारीटि पसलमा आफ्नो सामान फिर्ता गरी रकम लिन गएकी थिइन् । अक्टोबर १४ गते कोनाडुको खातामा पैसा आएको थियो । सोही दिन उनले आफ्ना छोरा समेतको खातामा गरी ५७ हजार पाउण्ड ट्रान्सफर गरेकी थिइन् ।
त्यसको केही दिनपछि उक्त पसलका मालिकहरुले ठुलो मात्रामा रकम गुमेको थाहा पाएपछि अनुसन्धान शुरु गरिएको थियो ।
तर कारोबार गर्ने मेसिनमा समस्या भएको कारण त्यसप्रकारको गल्ती भएको ओपनश स्थित पसलका कर्मचारीले बताएका थिए । जसको कारण त्यहा कार्यरत २ कर्मचारीहरुलाइ कामबाट निकालिदिएको थियो ।
उक्त रकमको केही हिस्सा बैंकले रिकभर गरेको भएपनि ३१ हजार पाउण्ड भने घाटा भयो । त्यो रकम भनेको च्यारिटीको १८ महिनाको कमाइ हो ।
१२ बच्चाकी हजुरआमा समेत रहेकी कोनाडु सरसफाइको काम गरेर सामान्य जीवन जिउने महिला हुन् । उक्त रकम उनले जीवनमा कहिल्यै सोँचेको भन्दा अत्याधिक धेरै थियो । जसको कारण उनीमा लोभ भयो । अदालतका न्यायधिश निकोलस डिन किउसीले ती महिलाले आफ्नो चरित्र गुमाएकोे कारण उनलाइ सजाय दिइने बताए । ती न्यायधिशले महिलाले अकस्मात आएको रकमको असरले उनलाइ यो कारवाहीमा पुर्याएको बताए । “बैंक र च्यारिटी पसलमा जानकारी गराएकोे भए तपाइ कारवाही बाट बच्नु हुने थियो, तर तपाइले लोभ र इमानदारीता गुमाउँदा सजाय मिल्ने भयो ।” ती महिलालाइ न्यायधिशले भने ।
अदालतले उनलाइ २० महिनाको जेल सजाय सुनाएको छ भने उनले गर्ने जागिरबाट पनि २ बर्षको निम्ती हटाइएको छ ।यस विषयमा अर्काे सुनुवाइ डिसेम्बरमा हुने समाचार संस्था मिररले जनाएको छ ।

(Image: MEN MEDIA)