कनकमणिलाई सर्वोच्चले साथ दिएन, अकुत सम्पत्ति छानविन हुने भयो

kanak mani dixit
काठमाडौं- सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले अख्तियारको कारबाही र अनुसन्धान रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको छ ।

पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानबिन थालेपछि दीक्षित अन्तरिम आदेशको माग गर्दै सर्वोच्च गएका थिए । उनले छानबिनले आफ्नो मानमर्दन भएको र अख्तियारले अनुसन्धान क्षेत्रभन्दा बाहिर गई कारबाही र छानबिन थालेको जिकिर गरेका थिए ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार सो रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको हो । अदालतको आदेशपछि दीक्षितमाथि छानबिन अगाडि बढाउन अख्तियारलाई बाटो खुलेको छ ।