किन आइन् स्विडिस गायिका नेपाल ?

Carola_Haggk_visit_nepal_659799464काठमाडौं- स्विडिस गायिका क्यारोला ह्याग्भिस्ट नयाँ वर्ष मनाउन नेपाल आएकी छिन्। यही क्रममा उनले नेपाली वादी महिलाको सहयोगार्थ काम गरिरहेकी छिन्।

विगत पाँच वर्षदेखि वादी महिलाको लागि अर्थ संकलन गर्दै आएकी उनले बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सांगीतिक प्रस्तुति दिनेछिन्।लाइट हाउस फाउन्डेसन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यारोलाले आफू नेपालको आवाज बन्न चाहेको बताइन्।

पहिलो पटक वादी महिलाको बारेमा सुन्दा आफ्नो ‘हार्ट ब्रेक’ भएको अनुभव सुनाइन्। उनले दुई वर्षमा १० लाख अमेरिकी डलर संकलन गर्ने प्रतिज्ञा गरेकी छिन्।

जुन रकमले लाइट हाउस फाउन्डेसनको सेल्टरमा रहेका वादी महिला र बालबालिकाको बसोबासका लागि घर बनाइनेछ।