धमाधम मन्त्रालय फुटाउँदै ओली

kp oli pmकाठमाडौं– साना दललाई भाग पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओलीले धमाधम मन्त्रालय फुटाइरहेका छन् ।
तीन मन्त्रालय थपेको एक दिन नबित्दै सरकारले दुई मन्त्रालय थप गरेको छ । थपिएसँगै मन्त्रालयको संख्या ३० पुगेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पशु विकास मन्त्रालय थप गरेको छ । पशु विकास मन्त्रालयको जिम्मा शान्ता मानवीलाई दिइएको छ । उनलाई बिहीबारमात्रै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मा दिएको थियो ।
यसैगरी वाणिज्य तथा आपूर्तिलाई टुक्र्याएर दुइटा मन्त्रालय बनाइएको छ । उक्त मन्त्रालयमा यसअघि नै एमाओवादीका गणेशमान पुन थिए । छुट्ट्याइएको वाणिज्य मन्त्रालय राप्रपाले पाएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मा बिनाविभागीय मन्त्रीमा सपथ खाएका एकनाथ ढकाललाई दिइएको छ ।