फेरि नेपालगन्ज नाकामा अवरोध

Bhairahawa-naka-1-650x434
फाइल तस्बिर

काठमाडौं-१० दिनदेखि निर्वाध चलिरहेको नेपालगञ्ज-रुपैडिया नाका शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ ।

आन्दोलनरत मधेसी मोर्चाका कार्यकताले अवरोध गरेपछि आज ठूला सवारी साधन नेपाल प्रवेश गरेका छैनन् । बिहानैदेखि नाकामा अवरोध गर्न खोजिएपछि प्रहरीले रामकुमार दीक्षितसहित मोर्चाका ४ कार्यकर्तालाई पक्राउ गरेको प्रहरी निरीक्षक दीपेन्द्र पालले बताए ।

पक्राउपछि मोर्चाका कार्यकर्ताहरु अहिले दसगजामा जम्मा भएर अवरोध प्रयास गरिरहेका छन् ।