मलेसियामा एक झापालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको कनकाई नगरपालिका–४ सुरुङ्गाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ । गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिनुभयो । उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ । मलेसियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका सार्कीको शव नेपाल ल्याउन समस्या भएको भन्दै उनकी श्रीमती पवित्रा विकले सबै क्षेत्रसँग सहयोगको याचना गर्नुभएको छ ।