काठमाडौं- नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङ बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ ।
हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ । नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले क्षतिग्रस्त आयोजना पुननिर्माण हुन नसकेका कारण लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ ।
भूकम्पले ९० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाको उत्पादन बन्द छ ।






