काठमाडौं- भारतीय राजदूत रञ्जीत रेले तराईबाट प्रतिनिधित्व गर्ने सांसदसँग लञ्च मिटिङ गरेका छन् ।
कांग्रेस, एमाले एमाओवादी र मधेसवादी करिब ५० सांसदलाई बोलाएर भारतीय राजदूतले लञ्च मिटिङ गरेका हुन् । संसदीय दलमा पठाइएको निम्तो कार्ड बोकेर उनीहरु शुक्रबार ११ बजे लञ्चमा सहभागी भएका छन् । कुनै पनि अवसरबिना सांसद्हरुलाई दिइएको लन्च निम्तोलाई चासोसाथ हेरिएको छ।
लञ्चमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, अमरेशकुमार सिंह, आनन्द ढुंगानालगायतलाई बोलाइएको छ। यसैगरी एमालेका सुरेन्द्र पाण्डे, राप्रपाका विक्रम पाण्डे र राप्रपा नेपालका दिलनाथ गिरीलाई पनि निम्त्याइएको छ।






