मधेसी नेताहरु पुगे दिल्ली

morchaकाठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु नयाँदिल्ली पुगेका छन् ।

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव शनिबारै सितामढी हुँदै दिल्ली पुगिसकेका छन्। त्यस्तै अर्का दुई अध्यक्ष संघीय समाजवादी फोरमका उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर पनि दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा दिल्ली भ्रमण तय भएको मोर्चाका नेताहरुलाई ताज होटलमा बस्ने व्यवस्था मिलाइएको छ। स्रोतका अनुसार सरकारी र सार्वजनिकबाहेकका सबै बैठक ताज होटलमै बस्नेछ।